खेल


विदेशी खेलाडी मेथोको दोहोरो ह्याट्रिकमा चौदण्डीगढीविरुद्ध वालिङको शानदार जित

विदेशी खेलाडी मेथोको दोहोरो ह्याट्रिकमा चौदण्डीगढीविरुद्ध वालिङको शानदार जित

नेपालखबर
माघ १५, २०७७ बिहिबार ७:५८,

विदेशी खेलाडी मेथो इलुडाई रुथले दोहोरो ह्याट्रिक गरेपछि वालिङ नगरपालिका स्याङ्जाले राष्ट्रिय महिला लिगमा पहिलो शानदार जित दर्ता गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १०–० को फरािकलो अन्तरले हराएको हो।

वालिङका लागि खेलको सातौ मिनेटमा विदेशी खेलाडी मेथो इलुडाई रुथले गोल गर्दै गोलको खाता खोलेकी थिइन्।

नवौ मिनेटमा डिफेन्डरको गल्तीमा मेथोले व्यक्तिगत दोस्रो गोल गरिन्। १९औँ मिनेटमा मेथोले टोलीको लागि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलको ३३औँ मिनेटमा मनमाया दमाईले गोल गर्दै वालिङलाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन्। कप्तान सरस्वती हमालको पासमा दमाईले अफसाइड बिट ट्याप गर्दै सहज फिनिस गरेकी थिइन्।

४९औं मिनेटमा टोेउटा नोउल्लीले गोल गर्दै वालिङलाई ५–० ले गोल गरिन्। उनले मेथोको पासमा पेनाल्टी बक्सबाहिर दुई डिफेन्डरलाई छलाउँदै गरेको भली प्रहारलाई गोलरक्षक देविका श्रेष्ठले बचाउने कुनै अवसर नै पाइनन्।

६३औं मिनेटमा मेथोले एकल प्रयासमा व्यक्तिगत चौथो गोल गर्दै वालिङलाई ६–० को फराकिलो अग्रता दिलाइन्।

७२औं मिनेटमा मेथोले कप्तान सरस्वती हमालको लामो पासलाई नियन्त्रणमा लिदै वान भर्सेस वानको अवस्थामा सहज गोल गर्दै वालिङलाई ७–० को फराकिलो अग्रता दिलाइन्। उनको यो व्यक्तिगत पाँचौ गोल हो।

८०औं मिनेटमा सम्झना शर्माले गोल गर्दै वालिङलाई ८–० ले अघि बढाइन्। ८२औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि नवौ गोल गर्दै वालिङलाई ९–० ले अघि बढाइन्। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेथोले दोहोरो ह्याट्रिक पूरा गर्दै वालिङलाई १०–० को फराकिलो जित दिलाइन्।

खेलको प्लेयर अफ दि म्याच वालिङकी मेथो इलुडाई रुथ घोषित भइन्। लिगमा पहिलो जित निकालेको वालिङले अंकतालिकामा ५ अंक जोडेको छ। जितविहीन चौदण्डीगढी अंकतालिकाको पुछारमा छ।

आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लव भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे २ बजे हुनेछ।

पुलिस पहिलो जितको खोजीमा हुँदा लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिने योजनामा छ।

एपीएफले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ। १ खेलमा हार र २ खेलमा बराबरी गरेको पुलिस क्लब ५ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad