खेल


प्रधानमन्त्री कप पुरुष क्रिकेटका विजेताले पाउनेछन् १० लाख नगद

प्रधानमन्त्री कप पुरुष क्रिकेटका विजेताले पाउनेछन् १० लाख नगद

नेपालखबर
माघ १३, २०७७ मंगलबार १३:४२,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानकोे मगंलबार बसेको बैठकले पीएम कपको पुरस्कार रकम र खेलाडीको बन्द प्रशिक्षण लगायतका विषयमा निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको हो। प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन्।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि बुधबार सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लव तथा दोस्रो सेमिफाइनल खेलमा पर्सि बिहीबार बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लव भिड्नेछन्।
क्यानले प्रतियोगिताको समूह चरणको खेल सकिएपछि पुरस्कार रकम घोषणा गरेको हो।

यस्तै प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार पाउने छ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार रुपैयाँ पाउनेछन्। सेमिफाइनल र फाइनल खेलका प्लेयर अफ दि म्याचले ५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ। यसअघि प्लेयर अफ दि म्याचले २५ सय रुपैयाँ पाउँदै आएका थिए।

यस्तै क्यानको आज बसेको बैठकले आगामी फेब्रुअरी ९ देखि १२ मा हुने कतार स्पोर्टस् डे को अवसरमा कतार क्रिकेट एशोसियसनले गरेको बाईल्याट्रल टि २० आई प्रतियोगिताको निमन्त्रणा स्वीकार गर्दै राष्टिय टोलीलाई सहभागी गराउने छ।

यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी फेब्रुअरी १ देखि काठमाडौंमा गर्ने निर्णय गरेको क्यानले जनाएको छ।

गतवर्ष प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाएका थिए। हाल घोषणा गरेको पुरस्कार रकम गतवर्षको भन्दा आधा कम हो।

can-10-13.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad