ad ad

खेल


बिगबास लिगमा सन्दीपको टोली मेलवर्न रेनेगेट्ससँग पराजित

बिगबास लिगमा सन्दीपको टोली मेलवर्न रेनेगेट्ससँग पराजित

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:२४,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्स बिग बास लिगमा मेलवर्न रेनेगेट्ससँग पराजित भएको छ।

मंगलबार लिग चरणको अन्तिम खेलमा सन्दीप विकेट विहिन भएको खेलमा हरिकेन्स मेलवर्नसँग ११ रनले पराजित भएको हो। सात खेलमा जित र समान खेलमा हार भोगेको हरिकेन्स २८ अंकमा तालिकाको छैटँौ स्थानमा रहेको छ।

मेलवर्नले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो।

हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको छ।

यसअघि सिड्नी सिक्र्सससँगको खेलमा २ विकेट लिएका सन्दीप आज विकेट विहिन भएका हुन्। सन्दीपले आफ्नो स्पेलमा ३५ रन खर्चे।

जारी बिग ब्यास लिगमा सन्दीप तेस्रो पटक विकेट विहिन बनेका हुन्। जारी सिजनकै कमजोर प्रर्दशन गरेका सन्दीेप यसअघि सन्दीप पर्थ स्कोचर्स र सिड्नी थन्डरविरुद्ध विकेन विहिन बनेका थिए। विकेट विहीन हुँदा थन्डरविरुद्ध २८ र पर्थविरुद्ध २३ रन खर्चेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .