सन् २०१४ मा मकग्रेगरले पोइररलाई यूएफसीको सोही प्रतिस्पर्धामा पहिलो राउन्डको एक मिनेट ४६ सेकेन्डमै नकआउट गरेका थिए।
३२ वर्षका पोइररले ३२ वर्षकै मकग्रेगरलाई पराजित गर्दै बदला लिएका हुन्। आइतबार बिहानै भएको प्रतिस्पर्धामा मकग्रेगरलाई पोइररले दोस्रो राउन्डमा नकआउट गरे।
खेलमा एकअर्काका प्रतिस्पर्धी भए पनि उनीहरुबीच राम्रो सम्बन्ध छ। उनीहरुले खेलपछि पनि राम्रोसँग एक अर्काको जित र हारलाई स्वीकार गरेका थिए।
DUSTIN POIRIER HAS KNOCKED OUT CONOR MCGREGOR!
💎 @DustinPoirier HAS DONE IT! #UFC257
🏝️ #InAbuDhabi | @VisitAbuDhabi pic.twitter.com/MWap7b9oNE
मकग्रेगरले यसअघि नै पोइररको द गुड फाइट फाउन्डेसनलाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। एजेन्सी

![]()
— UFC Europe (@UFCEurope) January 24, 2021

प्रतिक्रिया