खेल


आदिल र पृथुको शतकीय साझेदारीपछि वाग्मतीले सुदूरपश्चिमलाई दियो ३०० रनको लक्ष्य

आदिल र पृथुको शतकीय साझेदारीपछि वाग्मतीले सुदूरपश्चिमलाई दियो ३०० रनको लक्ष्य

नेपालखबर
माघ ५, २०७७ सोमबार ७:३०,

आदिल खान र पृथृ बास्कोटाले शतकीय साझेदारी गरेपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३ सय रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुररपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९९ रनको योगफल तयार पारेको हो। पीएम कपमा कुनैपनि टोलीले पाएको यो विशाल लक्ष्य हो।

सुदुरपश्चिमलाई विशाल लक्ष्य दिन खान र बास्कोटाले १ सय ९ रनको उत्कृष्ट साझेदारी गरे। ९४ बलको सामना गरेका बास्कोटाले २ छक्का र १० चौका मद्दतमा ८४ रनको महत्वपुर्ण योगदान दिए।

८६ रनको सामना गरेका खानले १० चौका मद्दतमा ६३ रनको योगदान गरे।

कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्य समान ३२, पारस खड्का २०, इसान पाण्डे १७, आकाश थापा १३ रनमा पवेलियन फर्के।

सुदुरपश्चिम प्रदेशका नाराएण जोशीले ३ तथा भोजराज भट्ट र सन्तोष भट्टले समान २ विकेट लिए। विनोद लामाको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad