विशाल पौडेलले ह्याट्रिक विकेट लिएपछि प्रदेश १ प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा १ सय २ रनमा अलआउट भएको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १, २७ दशमलव ४ ओभरमा १ सय २ रन जोड्दा अलआउट भएकाे हाे।
आक्रामक बलिङ गरेका गण्डकी प्रदेशका विशाल पौडेल र सुवास भण्डारीले समान ४ विकेट लिए।
जारी पीएम कपमा विशालले ह्याट्रिक विकेट लिएको याे पहिलो हो। विशालले २७ ओभरको दोस्रो बलमा राजन मगर, तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई पवेलियनको बाटो देखाए। ६ ओभर ४ बल बलिङ गरेका पौडलले २५ रन खर्चेर ४ विकेट झारे। ७ ओभर बलिङ गरेका भण्डारीले १८ रन खर्चे। विपिन खत्रीले २ विकेट लिए।
प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले जोडेको २४ रन नै सर्वाधिक रह्यो। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
गण्डकी प्रदेशले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया