कारोबार


नेपाल एसबीआई बैंकद्वारा ९.४७ प्रतिशत लाभांश प्रस्ताव

नेपाल एसबीआई बैंकद्वारा ९.४७ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
पुस २८, २०७७ मंगलबार ११:३५,

नेपाल एसबीआई बैंक लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न सभाले बैंकको आ.व. २०७६-७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६-७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।

सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनश शेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लि.’ को आ.व. २०७६-७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ।

उक्त साधारणसभाले आ.व. २०७७-७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .