तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आफ्नो पोल्टामा पारेका हुन्।
मनोनयनमा परेका अन्य ४ प्रशिक्षकलाई पछि पार्दै उनी उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्।
श्रेष्ठसँगै उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए।
श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाई सर्वाधिक १३ स्वर्ण दिलाएका थिए।
तेक्वान्दोबाट साग खेलेका सबै २९ खेलाडीलाई पदक दिलाउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए। सागमा नेपालकातर्फबाट तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कास्य पलक जितेको थियो।
उनी चाइना इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका मुख्य प्रशिक्षक समेत रहेका थिए।

प्रतिक्रिया