खेल


किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा?

किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा?

नेपालखबर
पुस २६, २०७७ आइतबार ८:५४,

खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीलाई सरकारले वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष सुरु भएदेखि नै पाएका छैनन्। सोही कारण पदक दिलाएका खेलाडी निराश छन् भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ।

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरका अनुसार नेपाली खेलकुद अझै बामे सर्दैछ। खेलमा जीवन आहुती गरेका मानन्धरले साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट पुरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताए। खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पुरानै अवस्थामा रहने उनको बुझाई छ।

नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिनादेखि भत्ता पाउन सकेका छैनन्।

यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। यसअघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो।

तात्कालिन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताएका थिए। त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिएका छन्।

यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गरेका छन्।

खेलाडीहरुको संघ एनएनआईपीएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन्। तर सम्बोधन भएको छैन। बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन्।

यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ। जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ।

पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उघो लाग्ला? यस विषयमा खेलकुुदको सर्वोच्च निकायले ध्यान दिने सयम आएको हो की?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad