ad ad

रोचक


ट्रम्पको ट्विटर सँधैका लागि बन्द भएपछि हिलारी क्लिन्टन खुशी, गरिन् यस्तो ट्विट

ट्रम्पको ट्विटर सँधैका लागि बन्द भएपछि हिलारी क्लिन्टन खुशी, गरिन् यस्तो ट्विट

नेपालखबर
पुस २६, २०७७ आइतबार ८:३९,

ट्रम्पका ट्वीटहरु अनैतिक र अराजकता निम्त्याउने खालका भएकाले उनको खाता बन्द गर्नु परेको ट्विटरले बताएको छ।

ट्विटरले भनेको छ,‘हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ।’

ट्रम्पको ट्विटर बन्द भएपछि डेमोक्रेटिक नेत्री तथा पूर्व फर्स्ट लेडी हिलारी क्लिन्टन खुशी देखिएकी छिन्।

यसअघि सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा क्लिन्टन ट्रम्पको प्रतिस्पर्धी थिइन्। उक्त प्रतिस्पर्धामा ट्रम्प विजयी भएका थिए।

त्यसबेला हिलारी र ट्रम्पको ट्विटरमा घोचपेच चलिरहन्थ्यो। ट्रम्पले क्लिन्टको चर्को शब्दमा आलोचना गर्ने गर्दथे।

त्यसबेला हिलारी क्लिन्टनले ट्रम्पले ट्विटर चलाउनुको अर्थ छैन् भन्दै ट्रम्पलाई ट्वीटर डिलेट गर्न सुझाव दिएकी थिइन्। ट्रम्पले अनैतिक र हावदारी गफ गर्छन् भन्ने हिलारीको भनाइ थियो।

यतिबेला हिलारीले सन् २०१६ मा ट्रम्पलाई ट्वीटर डिलेट गर्न भनेको ट्विटलाई रिट्वीट गरेका छन्। हाल ट्वीटरले ट्रम्पको खाता बन्द गरेपछि उनले त्यसबेलाको आफ्नो भनाइ सही निस्किएको संकेत गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .