धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन्।
बंगलादेशमा आइतबर भएको म्याराथनमा पुष्पाले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए।
सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए । पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को म्याराथनतर्फकै रजत पदक विजेता हुन्।
पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् ।
दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटी चौथो भएका छन्।
मुख्य प्रशिक्षक गुरुङका अनुसार किरणको पनि पदकको आशा गरिएको तर दौड सुरु भएको केही समयै उनले खुट्टामा दुःखाइ महसुस गरेकोले सोचे जस्तो परिणाम आउन नसकेको बताएका छन्।

प्रतिक्रिया