राजनीति


राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट अन्त्य गर्ने सरकारको निर्णय

राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट अन्त्य गर्ने सरकारको निर्णय

नेपालखबर
पुस २६, २०७७ आइतबार ७:४१,

सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर सिफारिस गरिएको जानकारी दिए।

‘राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ’, गुरुङले नेपालखबरसँग भने।

प्रधामन्त्री ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेका छन्। सो बैठकपछि अधिवेशनको अन्त्य गर्न लागिएको हो।

पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो।

राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो।

यसैबीच, मन्त्रिपरिषद्को आज आइतबार बसेको बैठकले अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad