खेल


खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन संघले गरायो खेलकुदमन्त्रीको ध्यानाकर्षण

खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन संघले गरायो खेलकुदमन्त्रीको ध्यानाकर्षण

नेपालखबर
पुस २२, २०७७ बुधबार ८:१२,

ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता तथा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुदमन्त्री दावा लामाको ध्यानाकषर्ण गराएको छ।

संघले आज मन्त्रालयमा पुगी नवनियुक्त मन्त्री लामालाई बधाइ तथा शुभकामना समेत दिएको छ।

संघले सागका रजत तथा कांस्य पदक विजेताका लागि पनि प्रोत्साहन भत्ताका विषयमा छलफल अघि बढाउनुपर्ने, नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र प्रशिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका लागि वातावरण तयार गरिनुपर्ने, मन्त्रालयबाट गठित कार्यविधि मस्यौदा समितिले सम्बन्धित खेलाडीहरुसँग छलफल गर्ने वातावरण बनाइनुपर्ने लगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

सरकारले पछिल्लो चार वर्ष यता आफु मातहतको राष्ट्रिय खेलकुद परिषद्मार्फत ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो।

तर २०७७ साउन यता खेलाडीले पाउँदै आएको प्रोत्साहन भत्ता रोकिएको छ।

नवनियुक्त मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा प्रोत्साहन भत्ता सुनिश्चितताका लागि कार्यविधिको मस्यौदा तयार गर्न गठन गरेको ७ सदस्यीय समिती गठन गरेको विषयलाई संघले सकारात्मक रुपमा लिएको संघले जनाएको छ।

अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन प्राप्त गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad