खेल


इन्डोनेसियामा रोहितको टिमको बराबरी, खराब लयमा टिम

इन्डोनेसियामा रोहितको टिमको बराबरी, खराब लयमा टिम

नेपालखबर
साउन १८, २०७६ शनिबार ११:४०,

इन्डोनेसियन लिगा वानमा शनिबार भएको खेलमा जकार्ताले अरिमासँग २-२ गोलको बराबरी खेलेको हो। जकार्ताको लागि  मार्को सिमिक र नोभ्री सेटिवानले एक एक गोल गरे। अरिमाको लागि हानिफ र अहमद नुरले एक एक गोल गरे ।

अघिल्लो सिजनका सर्वोत्कृष्ट खेलाडी रोहितले अरिमाविरुद्धको खेलमा पुरै समय मैदानमा बिताएका थिए।

बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले ८ खेलबाट ७ अंक जोडेको छ। एक खेलमात्रै जित्न सकेको जकार्ता लिगको १७ औं स्थानमा छ। अरिमाको ११ खेलबाट १९ अंकसहित चौंथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .