खेल


टि-२० वरियतामा नेपाल यथावत, पाकिस्तान शीर्षमा

टि-२० वरियतामा नेपाल यथावत, पाकिस्तान शीर्षमा

नेपालखबर
साउन १८, २०७६ शनिबार ११:२७,

गतबुधबार सार्वजनिक नयाँ वरियतामा नेपाल अघिल्लो महिना झै ११औं स्थानमा रहन सफल भएको छ। नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ पाएको छ। 

नेपालले गत जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी-ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो। 

एसिया फाइनलकाे दाबेदार मानिएपनि नेपाल तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न असफल रह्यो।

टी– ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटोमा न्यूजिल्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इण्डिज र दशौंमा बंगलादेश रहेको छ।

यस्तै नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १५औं स्थानमा यथावत रहेको छ। एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .