ad ad

खेल


सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै प्रदेश १ ले निकाल्यो लगातार दोस्रो जित

सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै प्रदेश १ ले निकाल्यो लगातार दोस्रो जित

नेपालखबर
पुस १५, २०७७ बुधबार ७:३५,

प्रदेश १ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ।

बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो। प्रदेश १ ले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलई पराजित गरेको थियो।

सुदूरपश्चिम प्रदेशले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो।

१६ ओभरमा छोट्टाइएको खेलमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा निग्मा तामाङले चौका प्रहार गरेपछि प्रदेश १ ले रोमाञ्चक जित दर्ता गरेको हो।

प्रदेश १ का लागि तामाङ ७ र संगिता राई २ रनमा नटआउट रहे। कप्तान रुविना बेलवासे क्षेत्री १२ तथा अप्सरी बेगम ९ रनमा पवेलियन फर्किए। काजल श्रेष्ठ १ रनमा एलबीडब्लु धरापमा परिन्। रोमा थापा ५ रनमा रनआउट भइन्।

No description available.

सुदूरपश्चिम प्रदेशकी दीपा जोराले २ तथा कविता जोशीले १ विकेट लिए।

यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गमाउँदै ५३ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमकी कविता जोशी सर्वाधिक १४ तथा लक्ष्मी साउद ९ रनमा नटआउट रहे। अन्य ८ ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न प्रदेश १ की स्पिनर संगिता राईले ४ ओभरमा १० रन खर्चदै ३ विकेट झारिन्। सबनम राईले २ तथा रुविना बेलवासे क्षत्री र निग्मा तामाङले समान एक विकेट लिइन्।

समूह ‘बी’ कै अर्को खेलमा आजै बागमती र गण्डकी प्रदेश भिड्नेछन्। पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .