बार्सिलोनाका कप्तान लियोनल मेस्सी र यूभेन्ट्सका स्ट्राइकर क्रिस्टियाना रोनाल्डो अहिलेको पुस्ताका सबैभन्दा प्रतिभावान खेलाडी हुन।
दुबैले आफ्नो करिअरमा ६०० बढी गोल गरेका छन। दुबैले विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड ११ पटक बाडेका छन।
यी महान खेलाडीलाई मैदानमा गाह्रो पार्ने एकसेएक डिफेन्डरहरु पनि विश्व फुटबलमा देखिसकेका छन। दुबै खेलाडीले आफूलाई निकै गाह्रो पर्ने खेलाडीको नाम सार्वजनिक गरेका छन।

मेस्सीले मैदानमा आफूलाई सबैभन्दा गाह्रो पार्ने खेलाडीका रुपमा स्पेनिस क्लब जिरोनाका पाब्लो माफियोको नाम लिएका छन।
‘जिरोनाका पाब्लो माफियोले मलाई निकै गाह्रो पारेका छन। उनीसँगका सबै भेट प्रतिस्पर्धात्मक भएका छन,’ मेस्सीले भनेका छन।
यता प्रिमियर लिग, सीरि ए, स्पेनिस ला लिगा जस्ता प्रतिष्ठित प्रतियोगिता खेलिसकेका रोनाल्डोले मैदानमा आफूलाई गाह्रो पार्ने खेलाडीका रुपमा चेल्सीका आस्ले कोलेको नाम बताएका छन।

‘पछिल्ला केही वर्षमा कोलेविरुद्ध मेरो कडा प्रतिस्पर्धा भएको छ। उनीसँग खेल्नुपर्दा तपाईलाई एक सेकेन्ड श्वास फेर्ने मौका पनि दिदैँनन,’ रोनाल्डोले भनेका छन।

प्रतिक्रिया