ad ad

खेल


पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, को–को परे?

पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, को–को परे?

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ७:४२,

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष दिँदै आएको पल्सर स्पोर्ट्स २०७६ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरिएको छ।

यही पुस २८ गते हुने अवार्ड वितरणअघि आज उक्त विधाको मनोनयन सूची मञ्चले सार्वजनिक गरेको हो। सूचीमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्।

गत वर्ष उनीहरुले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चले जनाएको छ। मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इसेवामार्फत भोटिङ फेसबुक लाइभ लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षको भोटको आधारमा हुनेछ। मोबाइल भोटिङको सट्टा यसपटक पहिलोपटक इसेवामार्फत गरिन लागेको हो।

No description available.

मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि आजै इ सेवासँग सहकार्य समेत गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा मञ्चका महासचिव प्रज्वल ओली र इ सेवाका सीओओ रोशन लामिछानेले हस्ताक्षर गरेका हुन्।

इसेवा भोटिङ ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षको मतभार २५÷२५ प्रतिशत रहनेछ। यो वर्षको अवार्ड २० विधामा खेलाडी र खेलकर्मीलार्य सम्मानित गरिने बताइएको छ। उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

लाइफटाइम एचिभमेन्ट अवार्ड पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमको दिन पुस २८ मै गरिने मञ्चले जनाएको छ। त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ। अवार्डअन्तर्गत उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन्।

यो अवार्डको मुख्य प्रायोजन हंसराज हुलासचन्द एण्ड कम्पनी हो भने डिस मिडिया नेटवर्कको सहकार्य रहेको छ। अन्य प्रायोजकहरुमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इसेवा, केल्सी, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा र इमर्जिङ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .