स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संसदको लेखा समितिमा उपस्थित भएका छन्।
कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्ने विषयमा जवाफ दिन उनी संसदीय समितिको बैठकमा उपस्थित भएका हुन्।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भनी सर्वत्र प्रश्न उठेपछि प्रतिनिधि सभाको लेखा समितिले मन्त्री ढकाललाई त्यसबारे जवाफ दिन शुक्रबारको बैठकमा बोलाएको हो।
यो पनि:
स्वास्थ्य सामग्री खरिद अनियमितता : लेखा समितिले बोलायो स्वास्थ्यमन्त्री ढकाललाई
प्रतिक्रिया