च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा मार्सेविरुद्ध सिटीले ३–० को सहज जित हात पारेको छ।
समूह सीबाट अन्तिम १६ मा स्थान बनाइसकेको सिटीलाई फेरेन टोरिसले अग्रता दिलाएका थिए।
पछिल्ला तीन खेल इन्जुरीका कारण गुमाएका सर्जियो अग्युरोले दोस्रो गोल गरे। यस्तै अन्तिम मिनेटमा अल्भारो गोन्जालेजले आत्मघाती गोल गरेपछि सिटीले सहज जित हात पार्यो।
पछिल्ला चार च्याम्पियन्स लिगमा सिटी समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको छ। मार्सेले भने योसँगै लगातार आठवटा च्याम्पियन्स लिगका अवे खेल गुमाएको छ।
प्रतिक्रिया