साफले अगष्टमा हुने प्रतियोगिताको मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले उद्घाटन खेलमा अगष्ट २१ गते भारतसँग खेल्ने भएको हो।
भारतकै पश्चिम बंगालको कल्याणी रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ।
पाँच टिम रहेको प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। नेपालका आयोजना भएको गत संस्करणको उपाधि बंगलादेशले जितेको थियो।
प्रतिक्रिया