ब्राजिलियन फुटबल स्टार नेमार जुनियरमाथि लागेको बलात्कारको मुद्धामा अनुसन्धान नहुने भएको छ।
बलात्कारको मुद्धा लगाउने महिला नजिला त्रिनान्देले पर्याप्त प्रमाण जुटाउन नसकेपछि उक्त मुद्धाको फाइल बन्द गरिएको ब्राजिलका प्रहरीले बताएका हुन्।
यद्यपी प्रहरीेले अन्तिम फैसलाका लागि यस मुद्धा अभियोजनकर्ता माझ पठाउने बताएका छन्।
ब्राजिल साओ पाओलोमा एक ब्राजिलियन मोडलले नेमारले बलात्कार गरेको आरोप लगाएकी थिइन्। यद्यपी उनले प्रहरीमा प्रमाण दिन सकिनन्।
नेमारले आफूमाथि लागेको बलात्कारको मुद्धा फासाउने प्रयास भएको बताएका थिए।
त्रिनान्देले दर्ता गरेको उजुरीमा अनुसार नेमार र ती महिला इन्स्टाग्राममार्फत भेटेका थिए। ब्राजिलकी ती महिलालाई नेमारले पेरिस आउन भनेका थिए। विमानको टिकट काटिदिएका थिए।
फ्रान्सको होटल सोफिटेल पेरिस आर्क डु ट्रोम्फीमा उनीहरु यसै वर्षको १५ मेमा बसेका थिए। त्यसैबेला मदिराले मात्तिएका नेमारले उनलाई बलात्कार गरेको उजुरीमा उल्लेख थियो।
नेमारले महिलाको अस्वीकृतीमा उनीमाथि बलात्कार गरेको जनाइएको थियो।
बलात्कारको आरोपछि नेमारले इन्स्टाग्राम भिडियो मार्फत् ती महिला पठाएका म्यासेजहरु सार्वजनिक गरेका थिए। जहाँ अश्लिल तस्बिरहरु समेत समावेश थिए। उक्त म्यासेजमा महिला आफैंले नेमारसँग सम्बन्ध बढाउने खोजेको देखिन्छ।
यस्तै महिलाले सार्वजनिक गरेको इक भिडियोमा ती महिला आफैंले नेमारलाई सुरुमा आक्रमण गरेको देखिन्छ। बीबीसी स्पोर्ट्स

प्रतिक्रिया