खेल


रोनाल्डोकाे २ गाेलले युभेन्टससँग काग्लियारी पराजित

रोनाल्डोकाे २ गाेलले युभेन्टससँग काग्लियारी पराजित

नेपालखबर
मंसिर ७, २०७७ आइतबार २:०,

क्रिस्टियानो रोनाल्डो चम्किँदा इटालियन सिरी ए मा युभेन्टसले काग्लियारीलाई २–० ले पराजित गरेको छ।

शनिबार राति भएको खेलमा युभेन्टसले घरेलु मैदानमा २–० को जित दर्ता गर्दा दुवै गोल रोनाल्डोले गरे।

खेलको ३७औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटमा नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे। जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

युभेन्टसले ८ खेलबाट १६ अंक जोडेको छ। शीर्ष स्थानको एसी मिलानको ७ खेलबाट २७ अंक छ। युभेन्ट्ससँग पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११औं स्थानमा छ।

गराति नै भएको अर्को खेलमा लाजियोले क्रोटोनलाई २–० ले हराउँदा एटलान्टा र स्पेजियाले गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad