यानिक करास्कोको निर्णायक गोलमा एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित बार्सिलोनालाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा एटलेटिकोले बार्सिलोनालाई १–० ले हराएको हो।
एटलेटिकोले लिगमा बार्सिलोनालाई १० वर्षपछि हराउँदा जितको अपराजित शृङ्खला पनि कायम राखेको छ।
एटलेटिकोले सन् २०१० पछि पहिलोपटक बार्सिलोनालाई हराएको हो।
जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ।
एटलेटिकोले ८ खेलबाट २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ। ८ खेल खेलेको बार्सिलोना ११ अंकसहित दशौं स्थानमा छ।
यानिक करास्कोले पहिलो हाफमा अतिरिक्त समयमा गोल गर्दै अग्रता दिलाएका थिए।
3
Shares

प्रतिक्रिया