खेल


बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको नाम घोषणा, को को परे?

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको नाम घोषणा, को को परे?

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १३:२८,

नेपाल क्रिकेट संघ(क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीको नाम घोषणा गरेको छ। 

क्यानले मंसिर १० गतेदेखि काठमाडौंमा बन्द प्रशिक्षण शिविर सन्चालन गर्ने जनाएको छ। 

त्यसका लागि खेलाडीहरुको पीसीआर परीक्षण मंसिर ८ गते गरिने भएकाले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुलाई सम्पर्कमा आउन क्यानले निर्देशन दिएको छ। 

क्यानले पीसीआर रिपोर्ट नेगेटिभ आएने खेलाडीलाई मात्रै बन्द प्रशिक्षणमा सहभागी गराउने जनाएको छ। 

गत चैत्रमा कोरोनाभाइरसको रोकथामका लागि घोषणा गरिएको लकडाउनपछि पहिलोपल्ट नेपाली खेलाडीहरु मैदान उत्रिन लागेका हुन्। 

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसान भारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा छन्। 

यस्तै अन्य खेलाडीमा सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन। 

बन्द प्रशिक्षकका लागि नेपाली टोलीको प्रशिक्षकमा जगतबहादुर टमट्टा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad