दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बाट प्रशिक्षण सुरु गरेको छ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली राष्ट्रिय टोली र बगंलादेशको टोलीबीचको खेल बगंलादेशको समय अनुसार साँझ ५ बजे हुने निश्चित भएको छ। खेलको बगंलादेश टि.भी र टि–स्पोर्टस्बाट प्रत्यक्ष प्रशारण गर्नेछ।
राष्ट्रिय टोलीका खेलाडीको पीसीआर परीक्षण नोभेम्बर १०, १४ र १७ तारिकमा हुनेछ।
नेपालमै हुँदा गरिएको कोरोना परीक्षणमा ७ खेलाडीमा कोरोना पोजेटिभ देखिएपछी उनीहरु अहिले आइसोलेसनमा रहेका छन्।
गत बुधबार किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट लागेका रोहित चन्द भने टोली बाहिर छन्।

प्रतिक्रिया