भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि थप दुई करोड रुपैयाँ सहयोग गरेको छ।
महानगर प्रमुख रेणु दाहालले शुक्रबार सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेकी हुन् ।
केही समयअगाडि पनि महानगरले दुई करोड रुपैयाँ सहयोग गरेको थियो।
सो रकमसहित यो आर्थिक वर्षमा भरतपुर महानगरले रंगशाला निर्माणका लागि चार करोड रुपैयाँ प्रदान गरेको हो।
प्रतिक्रिया