खेल


मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ६:५८,

गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ।

मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाई‌मा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलकाका लागि बंगलादेश जाँदै गर्दा निकै उत्सािहत देखिएको छ। बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन्।

यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन्। नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन।

मैत्रीपूर्ण खेलकाका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रम पछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए। तर, महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेलका निकै चुनौति पूर्ण भएको प्रतिक्रिया व्यक्त गरे।

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए। साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलकाले अनुभव दिने पनि उनले बताए। नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलकामा सुखद् नतिजा निक्लिने खवास विश्वस्त देखिन्छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परिक्षण गरेको थियो। उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो। टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेलका खेल्ने तालिका रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad