ad ad

खेल


आरबी लाइप्जिगसँग पिएसजी पराजित

आरबी लाइप्जिगसँग पिएसजी पराजित

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार २:६,

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगमा आरबी लाइप्जिगसँग पराजित भएको छ।

९ खेलाडीमा समेटिएको पीएसजीलाइ लाइप्जिगले २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो। हारसँगै पीएसजीलाई समूह चरण पार गर्न मुस्कील देखिएको छ।

पीएसजीको ३ खेलबाट ३ अंक रहेको छ। लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान ६ अंक नै भएको म्यानचेस्टर युनाईटेड गोलअन्तरका आधारमा शीर्षस्थानमा रहेको छ। इस्तानबुल बेसाकसेहिर ३ अंकसहित पुछारमा छ।

लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकु र इमिल फोर्सवर्गले गोल गर।े पीएसजीका एन्जल डि मारियाले शान्त्वना गोल फर्काए।

खेलको ६९ औं मिनेटमा इड्रिसा गाना गुया दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेका थिए। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा प्रेसनेल केम्पेम्वे पनि दोहोरो पहेँलो कार्ड खादै बाहिरिएपछि पीएसजी ९ खेलाडीमा समेटिको थियो।

खेलको छैटौं मिनेटमा डि मारियाको गोलबाट पीएसजीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

खेलको ४२ औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ५७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाँदै जित निकालेको थियो।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड इस्तानबुल बेसाकसेहिरसँग २–१ ले स्तब्ध भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .