ad ad

राजनीति


एक महिनाअघि नै मृत्यु भएका व्यक्ति अमेरिकाको सांसदमा निर्वाचित

एक महिनाअघि नै मृत्यु भएका व्यक्ति अमेरिकाको सांसदमा निर्वाचित

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार २:१८,

अमेरिकाको नर्थ डाकोटा राज्यमा कोरोना संक्रमणको कारण गत महिना मृत्यु भएका एक व्यक्ति सांसदमा निर्वाचित भएका छन्।

कोभिड १९ को कारण निधन भएका ५५ वर्षिया डेभिड अन्डल नर्थ डाकोटा राज्य संसदको सदस्यमा निर्वाचित भएका स्थानीय सञ्चार माध्यम बिस्कार्ट ट्रिब्युनले जनाएको छ।

उनकी आमा प्याट अन्डलका अनुसार गत जुनमा रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा लामो समयदेखि सो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका नेतालाई हराएर डेभिड उम्मेदवार बनेका थिए।

‘देश र काउन्टीलाई राम्रो बनाउने उनीसँग धेरै राम्रो विचारहरु थिए’, डेभिडकी आमाले भनिन्, ‘उनी किसान तथा कोइला उद्योगलाई राम्रो बनाउने चाहान्थे।’

नर्थ डाकोटाको एट स्टेट हाउस डिस्ट्रिकबाट ४१ प्रतिशत मत प्राप्त गरेका डभ नेरिङसँगै ३६ प्रतिशत मत प्राप्त डेभिड पनि निर्वाचित भएका थिए। सो काउन्टीमा सेप्टेम्बर १८ बाटै मेल भोटिङ शुरु भएको कारण अक्टोबरमा निधन भएका उनको नाम हटाउन नसकिएको नर्थ डाकोटा स्टेट सेक्रेटरीले बताएका छन्।

मतदान जारी रहेको समयमा कुनै पनि उम्मेदवारको नाम फिर्ता लिन नसकिने उनले बताए।

नर्थ डाकोटाको एटोनी जनरलले मध्य अक्टोबरमै स्थानीय पत्रिकामा लेख लेख्दै मतदान शुरु भएपछि निधन भएको उम्मेदवार सांसद निर्वाचित हुने पाउने बताएका छन्। निर्वाचित भैसकेको व्यक्ति मृत्यु हुँदा वा राजीनामा दिँदा जुन प्रक्रियाबाट सिट खाली हुन्छ त्यही प्रक्रिया शुरु हुने उनले बताए।

नर्थ डाकोटाको कानुनअनुसार राज्य सांसदमा कुनै पद खाली भए मृत्यु भएको व्यक्तिको राजनीतिक पार्टीको जिल्ला कमिटीको २१ दिनभित्र मिटिङ बसेर सो पदमा नयाँ व्यक्ति नियुक्त गर्न पाउने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .