खेल


आईपीएल मध्यसिजन खेलाडी ट्रान्सफरका लागि सन्दीप पनि योग्य, जारी लिगमा कुनमा जालान्?

आईपीएल मध्यसिजन खेलाडी ट्रान्सफरका लागि सन्दीप पनि योग्य, जारी लिगमा कुनमा जालान्?

नेपालखबर
असोज २८, २०७७ बुधबार ११:३५,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि दुवईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा समावेश भएका छन्।

दिल्ली क्यापिटल्सले लामिछानेसहित मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा अन्य ११ जना खेलाडीलाई ट्रान्सफर सूचीमा समावेश गरेको छ। जारी सिजनमा सन्दीपले १ खेल पनि खेल्ने मौका पाएका छैनन्।

सन् २०१८ मा सन्दीपलाई दिल्लीले न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो। उक्त सिजनमा सन्दीपले अन्तिम ३ खेलमा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेपछि सन् २०१९ को संस्करणमा दिल्लीले सन्दीपलाई टोलीमै राख्ने निर्णय गरेको थियो।

सन्दीपले सो वर्ष विश्वका चर्चित फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीमा नियमित स्थानका लागि बलियो दाबेदारी प्रस्तुत गरेका थिए। तर, सन् २०१९ मा पनि दिल्लीले सन्दीपलाई ६ खेलमा मात्र मौका दियो। जसमा उनले ८ विकेट लिएका थिए।

यो सिजनको मध्य ट्रान्सफर विन्डो १७ डिसेम्बरसम्म हुनेछ। सो अवधिमा एक टोलीका खेलाडीहरुलाई अर्को टोलीले लिन सक्नेछन्। जारी संस्करणमा पहिलो चरणमा २८ खेल सकिँदा सबै टोलीले एकअर्का टोलीका खेलाडीलाई राम्रोसँग नियालेका छन्।

लिगका २८ खेल सकिँदा किग्स एलाभेन पञ्जावका क्रिस गेल, अजिक्य रहाने, एलेक्स क्यारी, सन्दीप लामिछाने, इमरान ताहिर, जोश हेजलवुड, डेल स्टेन, मोइन अली र मोहम्मद सिराज जस्ता खेलाडीले सुरुवाती ११ मा स्थान बनाउन सकेका छैनन्।

यी हुन् जारी आईपीएलको मध्यसिजन ट्रान्सफरका लागि योग्य खेलाडी
दिल्ली क्यापिटल्स: सन्दीप लामिछाने, अजिक्य रहाने, एलेक्स क्यारी, किमो पल, अभेष खान, हर्षल पटेल, इसान्त शर्मा, ललित यादव, ड्यानियल सम्स, तुसार देशपाण्डे, मोहित शर्मा

मुम्बई इण्डियन्स: आदित्य तारे, अनुकुल रॉय, मिशेल म्याक्लेनाघन, क्रिस लिन, नेथन कूल्टर(नाइल, सौरभ तिवारी, मोहसिन खान, दिग्विजय देशमुख, राजकुमार बलवंत राई, धवल कुलकर्णी, जयंत यादव, शेर्फेन रदरफोर्ड, अनमोलप्रीत सिंह

चेन्नई सुपर किंग्सः केएम आसिफ, इमरान ताहिर, नारायण जगदीसन, कर्ण शर्मा, मिशेल सन्तनर, मोनु कुमार, रुतराज गायकवाड, शार्दुल ठाकुर, आर साई किशोर, जोश हेजलवुड

सनराइजर्स हैदराबादः श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, वृद्धिमान साहा, विजय शंकर, विराट सिंह, बवानाका सन्दीप, फेबियन एलेन, संजय यादव, बासिल थाम्पी, बिली स्टानलेक, मोहम्मद नबी, सन्दीप शर्मा, शाहबाज नदीम

किंग्स एलाभेन पंजाबः मुजीब उर रहमान, मुरुगन अश्विन, दीपक हुड्डा, ईशान पोरेल, क्रिस जोर्डन, सिमरन सिंह, ताजिंदर सिंह, अर्शदीप सिंह, दर्शन नलखंडे, कृष्णप्पा गौथम, हरदस भिल्जोइन, क्रिस गेल, हरप्रीत ब्रार, जगदेवेश सुचित, मनदीप सिंह

कोलकाता नाइट राइडर्सः टोम ब्यानटन, निखिल नाईक, अली खान, प्रसिद्धि कृष्ण, रिंकु सिंह, संदीप वारियर, सिद्धेश लाड, क्रिस ग्रीन, एम सिद्धार्थ, लकी फग्र्युसन

राजस्थान रोयल्सः वरुण आरोन, कार्तिक त्यागी, ओशने थॉमस, अनिरुद्र जोशी, एन्ड्र्यू टाय, आकाश सिंह, अनुज रावत, यशस्वी जयस्वाल, मयंक मार्कंडे, अंकित राजपूत, मनन वोहरा, महिपाल लोमरू, शशांक सिंह, डेभिड मिलर

रोयल च्यालेन्जर्स बैग्लोरः जोस फिलिप, क्रिस मोरिस, डेल स्टेन, शाहबाज अहमद, पवन देशपांडे, एडम जम्पा, गुरकिरत सिंह मान, मोईन अली, मोहम्मद सिराज, पार्थिव पटेल, पवन नेगी, उमेश यादव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad