ad ad

खेल


मोहम्मद आमिरद्वारा २७ वर्षमै टेस्ट क्रिकेटबाट सन्न्यास

 मोहम्मद आमिरद्वारा २७ वर्षमै टेस्ट क्रिकेटबाट सन्न्यास

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ११:११,

आमिरले शुक्रबार टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गर्दै एकदिवसीय र ट्वान्टी–२० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन्।

‘क्रिकेटको परम्परागत संरचनामा देशलाई प्रतिनिधित्व गर्न पाउँनु गौरवको क्षण हो,’ आमिरले सन्न्यास घोषणा गर्दै भने, ‘अहिलेलाई मैले लामो संरचनाबाट विदा लिने निर्णय गरेको छु। यसले मलाई सेतो बलको क्रिकेटमा केन्द्रीत हुन सघाउ पुर्याउँनेछ।’

‘पाकिस्तानका लागि खेल्नु मेरो सँधै इच्छा र उदेश्य रह्यो,’ उनले थपे, ‘आगामी वर्ष हुने आइसीसी टि–२० विश्वकप र अन्य बेला पाकिस्तानलाई अझै सक्दो योगदान दिने प्रयास गर्नेछु।’

३६ टेस्ट खेलेका आमिरले ३०.४७ को औषतमा ११९ विकेट लिएका छन्। उनको टेस्ट करिअर दुई भागमा बाडिएको छ। सन् २००९ मा उनले १७ वर्षको उमेरमा डेब्यू गरेका थिए। त्यसपछि उनले १४ टेस्ट खेल्दै ५१ विकेट लिए।

त्यसपछि भने उनी लर्डसमा स्पट फिक्सिङ गरेको आरोपमा पाँचवर्ष प्रतिबन्धमा परे। २०१६ को जुलाईमा प्रतिबन्धबाट मुक्त भएपछि उनले २२ टेस्ट खेल्दै ३१.५१ को औषतमा ६८ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .