ad ad

समाज


इन्जिनियरहरुको घुस खाने काइदाः खातामा रकम जम्मा गर्न लगाएर बुझे भौचर

इन्जिनियरहरुको घुस खाने काइदाः खातामा रकम जम्मा गर्न लगाएर बुझे भौचर

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ११:२,

शिक्षा समन्वय इकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्र कुमार देव घुस रकमको बैंक भौचरसहित पक्राउ परेका छन्।

इन्जिनियर देवसहित शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।

उनीहरुले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग रकम माग गरेका हुन्।

सव इन्जिनियर भगत र तत्कालीन सव इन्जिनियर चौधरीले सेवाग्राहीलाई घुसबापतको एक लाख ५० पचास हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाई उक्त रकम जम्मा गरेको भौचर बुझेका थिए।

अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा निर्माण र मर्मत कार्य भई बेरुजु फछर्यौट हुन नसकेका विद्यालयहरूको बेरुजु फछर्यौट गर्ने सिलसिलामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा खटाई पठाईएका इन्जिनियर देवले आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस भन्ने उद्देश्यले धनविर भगतलाई उक्त काममा पठाएको देखिएको छ।

यस्तै, धनविर भगतले विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने/गराउने सिलसिलामा सव इन्जिनियर चौधरीलाई अह्राइसिकाई गरी घुस रकमको बैंक भौचर लिन लगाएका थिए।

घुस रकमको भौचरसहित पक्राउ परेका इन्जिनियर तथा सव इन्जिनियरहरुलाई अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .