ad ad

छापा खबर


रातमा अन्धकार हुन्छ सिंहदरबार, चारैतर्फका ७५ पोलमा बल्दैनन् बत्ती

रातमा अन्धकार हुन्छ सिंहदरबार, चारैतर्फका ७५ पोलमा बल्दैनन् बत्ती

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २:२२,

सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा बल्दैनन्।

सिंहदरबारको भद्रकालीतर्फ फर्किएको मूल गेट आसपासमा ५ वटा पोल छन् तर मूल गेटका एउटै पोलमा बत्ती बल्दैनन्।

मूल गेटतर्फबाट पुतली सडकतर्फ १३ वटा पोल ठडिएका छन्, ती पोलमा बत्तीको उज्यालो देखिँदैन । मूल गेटतर्फबाटै सर्वोच्च अदालत हुँदै माइतीघरतर्फ जाँदा समेत सर्वोच्च अदालतअघि बाहेकका सात वटा पोलमा बत्ती बल्दैनन्। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

माइतीघर तर्फबाट दक्षिण गेटतर्फका ११ पोलको हालत पनि उस्तै छ । दक्षिण गेटको मूल गेटमा मात्रै उज्यालो छ । सोही गेटबाट हनुमानस्थान तर्फका ६ वटा पोल र हनुमान स्थानबाट पूर्वी गेटतर्फका १२ पोलसहित त्यहाँबाट अनामनगरसम्मका ८ वटा पोलमा बत्ती छन् तर बल्दैनन् । अनामनगरदेखि पुतली सडकसम्मका १३ वटा पोलमा पनि बत्तीको उज्यालो देखिँदैन।

देशको मुख्य प्रशासनिक केन्द्रको मूल गेट र चारैतर्फका पर्खालअघिको यो हालत छ भने काठमाडौंका मुख्य सडक, भित्री सडक र देशका अन्य स्थानको अनुमान गर्नै पर्दैन।

सिंहदरबार अन्धकार हुँदा सुरक्षाका दृष्टिकोणबाट समेत गम्भीर प्रश्न उब्जिएको छ । किनकि मूल गेटसहित सिंहदरबार आसपास थुप्रै सीसीटीभी क्यामेरा जडान गरिएको छ । त्यहाँ उज्यालो छैन।

सिंहदरबार आसपासको रात्रिकालीन अनुगमनपछि हामीले विद्युत् प्राधिकरण र काठमाडौं महानगरलाई सोध्यौं, ‘सिंहदरबार बाहिर सडकमा बिजुली बत्ती बाल्ने काम कसको?’

तर, दुवै निकाय जिम्मेवारीबाट पन्छिन खोजे । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले सडक बत्तीको काम महानगरको जिम्मेवारीभित्र पर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .