शनिबार राति फ्रेइबर्गविरुद्ध भएको खेलमा डर्टमुन्डले ४–० को जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले अग्रता लिएको डर्टमुन्डले दोस्रो हाफमा ३ गोल गर्यो।
डर्टमुन्डको जितमा इर्लिङ ब्राउत हल्यान्डले दुई तथा इम्री क्यान र फेलिक्स पासल्याकले एक–एक गरे।
जितसँगै डर्टमुन्ड ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।
यसैबीच शनिबार नै भएको अर्को खेलमा आरबी लिपजिग साल्केलाई ४–० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। लिपजिगतको लिगमा ७ अंक छ।

प्रतिक्रिया