ad ad

खेल


मुम्बई आईपीएलको शीर्ष स्थानमा

मुम्बई आईपीएलको शीर्ष स्थानमा

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ८:४९,

किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बई इन्डियन्स, इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्षस्थानमा उक्लिएको छ।

बिहिबार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।

मुम्बईले ४ खेलमा समान २ मा जित र हार भोगेको छ। समान ४ खेलमा ३ मा हार र १ मा जित निकालेको पन्जाब २ अंकमम छैटौं स्थानमा छ।

३ खेल खेलेको दिल्ली २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ। कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा तेस्रो, चोथो र पाँचौ स्थानमा छन्।

१ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र जोड्न सक्यो। ओपनर मयंक अग्रवाललाई २५ रनमा आउट भए। कप्तान लोकेश राहुल १७ रनमा आउट भए। युवा ब्याट्सम्यान निकोलस पुरन ४४ रनमा क्याच आउट भए। कृष्णा गौतम २२ रनमा नटआउट रहे।

राहुल चहर, जसप्रित बुमराह र जेम्स प्याटिनसनले समान २ विकेट लिए। क्रुनाल पान्ड्या र टेन्ट बोल्टले समान एक विकेट लिए।

त्यसअघि शेख जायद आबूधाबीमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ को योगफल तयार पारेको थियो। मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए।

रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। रोहितले आइपिएलमा ब्यक्तिगत पाँच हजार पनि रन पूरा गरेका छन्। विराट कोहली र सुरेश रैनापछि आइपिएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन्। काइरन पोलार्ड ४७ तथता हार्दिक पान्ड्या ३० रनमा अविजित रहे। शेल्डन कटरेल, मोहम्मद शामी र कृष्णाप्पा गौथमले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .