ad ad

खेल


अनुमतिकाे पर्खाइमा फुटबल!

अनुमतिकाे पर्खाइमा फुटबल!

नेपालखबर
असोज १४, २०७७ बुधबार १२:२५,

नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छ। महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्न नसक्दा खेलकुद ठप्प भएको हो। कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ। तर फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ।

कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित भइसेकेको छ। महामारीको चपेटका बावजुद पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ। नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा गतिविधि पनि शून्य नै देखिएका छन्।

घरेलु प्रतियोगिताका प्राय ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सिमित भएको छ। अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन्। सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन्। फुटबल खेलाडी पनि त्यसैको पर्खाइमा छन्। अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए।

खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन्। सिमित वातवरणले उनीहरुलाई पिरोलीरहेको छ। फिटनेस समस्याको चिन्ता पनि बढेको छ। घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन्। पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको बताउँछन् व्यवस्थापक मधुसुदन उपाध्याय।

त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ। विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन्। फिफाको गाईड लाइन अनुसार घरमा सिमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनले जानकारी दिए।

तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन्। प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन्। त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन्। यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने समय टड्कारो देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .