खेल


मेस्सीको गोलसँगै बार्सिलोनाको विजयी सुरुवात

मेस्सीको गोलसँगै बार्सिलोनाको विजयी सुरुवात

नेपालखबर
असोज १२, २०७७ सोमबार १:३८,

लियोनल मेस्सीले गोल गरेको खेल जित्दै बार्सिलोनाले यो सिजनको लालिगामा विजयी सुरुवात रहेको छ। 

आइतबार राति बार्सिलोनाले भिल्लारियलमाथि ४-० को सहज जित हात पारेको हो।

अंशु फातीले १५औ र १९औं मिनेटमा बार्सिलोनाका लागि लगातार दुई गोल गरेका थिए।

३५औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाएका थिए।

पाउ टोरेसले ४५औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले ४-० को जित हात पारेको हो।

यो सिजनको पहिलो खेलमा गोल गरेसँगै १७ सिजनको ला लिगामा गोल गर्ने मेस्सी छैटौं खेलाडी गरेका छन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad