खेल


विराट कोहलीलाई १८ लाख जरिवाना

विराट कोहलीलाई १८ लाख जरिवाना

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:४४,

इन्डियन प्रिमियर लिग(आइपीएल)ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई १८ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।

बिहीबार राति भएको किंग्स एलेवन पन्जाबविरुद्धको खेलमा स्लो ओभर रेटका कारण विराटलाई उक्त जरिवाना तिराउन लागिएको हो।

उक्त खेलमा बैंग्लोर ९७ रनले पराजित भएको थियो। आइपीएलले प्रेश विज्ञप्ति जारी गर्दै न्यूनतम ओभर गतिको उल्लंघन गरेका कारण विराटलाई उक्त जरिवाना तिराइएको उल्लेख गरेको छ।

पन्जाबको पारी १ घण्टा ५१ मिनेटसम्म चलेपछि तोकिएको समयभन्दा ढिलो गरि बलिङ गरिएको भन्दै विराटलाई जरिवाना तोकिएको हो। 

यसै खेलमा विराटले पन्जावका कप्तान केएल राहुलका २ क्याच छोडैका थिए। पछि राहुलले ६२ बलमा १३२ रनको शतकीय पारी खेले। 

खेलमा विराट एक रनमै आउट भएपछि उनको आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad