ad ad

खेल


विराट कोहलीले दुई पटक क्याच छोडेका केएल राहुलको आइपीएलमा शतक

विराट कोहलीले दुई पटक क्याच छोडेका केएल राहुलको आइपीएलमा शतक

नेपालखबर
असोज ८, २०७७ बिहिबार १५:५९,

विराट कोहलीले दुई पटक क्याच छोडेका केएल राहुल जारी सिजनको इन्डियन प्रिमियर लिगमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन। 

रोयल च्यालेन्जर्स बैग्लोरका कप्तान विराट कोहलीले १७ र १८औं ओभरमा किंग्स एल्यावेन पन्जाबका कप्तान राहुलको क्याच छोडेका थिए।

त्यसको फाइदा उठाउँदै १९औं ओभरको दोस्रो बलमा उनले चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे। आइपीएलमा राहुलले यो दोस्रो शतक हो। 

राहुलले ६२ बलमा आफ्नो शतक पूरा गरेका हुन। समग्रमा उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित १३२ रन जोडे। 

राहुलको उत्कृष्ट पारीसँगै पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०६ रनको ठूलो स्कोर बनाएको छ। 

पहिलो विकेटका लागि उनले मयंक अग्रवालसँग ५७ र दोस्रो विकेटका निकोलस पुरनसँग ५० रनको साझेदारी गरेका थिए।

पन्जाबका लागि मयंक अग्रवालले २६ र निकोलस पुरनले १७ रन जोडे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .