खेल


राेहित शर्माको सानदार पारीसँगै मुम्बईले कोलकत्तालाई हरायो

राेहित शर्माको सानदार पारीसँगै मुम्बईले कोलकत्तालाई हरायो

नेपालखबर
असोज ८, २०७७ बिहिबार ०:४९,

रोहित शर्माले सानदार ८० रनको पारी खेलेसँगै इन्डियन प्रिमियर लिग आइपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले रोहितको ८० रन मद्दतमा १ सय ९५ रन जोडेको थियो। जवाफमा कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमै समेटियो।

पाट कुमिन्सले सर्वाधिक ३३, दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल चाहर र जस्प्रित बुम्राहले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।

रोहितले ५४ बलमा ६ छक्का र ३ चौकासहित ८० रन प्रहार गरे। सूर्यकुमार यादबले ४७ र सौरभ तिवारीले २१ रन बनाए।

कोलकत्ताका शिवम माभीले २ तथा सुनिल नारायण र आन्द्रे रसेलले १-१ विकेट हात पारे।

आइपीएलमा दुई खेल खेल्दा मुम्बईको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो।

कोलकत्ताको भने यो पहिलो खेल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad