ad ad

खेल


मैदानमा फर्किन आतुर खेलाडीलाई फिटनेसको चिन्ता, के गर्दैछ एन्फा?

मैदानमा फर्किन आतुर खेलाडीलाई फिटनेसको चिन्ता, के गर्दैछ एन्फा?

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ११:३१,

युरोपियन राष्ट्रमा यतिबेला खेलाडी किनबेच भैरहँदा फुटबल क्षेत्र तरङ्गित बनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन्।

केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन्। तर नेपालमा भने खेल क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने निश्चित छ। सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ। 

एसियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोट खेलिसकेका हुन्थे। कोरोनाकै सारिएको मितिमा खेल हुने अवस्था हुन्थ्यो भने यतिबेला टोलीले अभ्यासलाई तीब्रता दिइरहेको हुन्थ्यो।

खेलाडीहरुको अभ्यास सुरु गर्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौ उपत्यका र बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो। तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी पीसीआर परिक्षण गरिसकेपछि निराश हुँदै घर फर्किए। फुटबलमा फर्किन आतुर खेलाडी यतिबेला फिटनेसको कारण चिन्तित छन्।

बन्दाबन्दीका बीच फुटबल कहिलेबाट सुरु गर्ने भन्ने यकिन छैन तर पनि एन्फाले भर्चुअल रुपमा छलफल भने गरिरहेको छ।

‘अहिले अन्यौलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेका छौं। छलफल पछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछौं, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर छ । तर सरकारले लगाएको अंकुश र महामारीले गर्दा अन्योलता देखिएको छ।’

एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताए।

युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछ। तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन्।

खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागी हुन खेलाडीलाई फिटनेस मुख्य समस्याको रुपमा देखा पर्नेछ। त्यसको प्रत्यक्ष असर प्रर्दशन र नतिजामा पर्ने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .