खेल


आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा मुम्बई इन्डियन्स् र चेन्नई सुपर किंग्स् भिड्ने

आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा  मुम्बई इन्डियन्स् र चेन्नई सुपर किंग्स् भिड्ने

नेपालखबर
भदौ २१, २०७७ आइतबार १२:२४,

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १३ औं संस्करणको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेल तालिका सार्वजनिक गरेको छ।

सेप्टेम्बर १९ मा आबुधावीमा हुने उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स् र उपविजेता चेन्नइ सुपर किंग्स भिड्ने छन्।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले २० सेप्टेम्बरमा दुबईमा किंग्स ११ पञ्जावसँग खेल्दै लिगको सुरुवात गर्नेछ। हाल वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका सन्दीप उतैबाट युएई जानेछन्।

तालिकाअनुसार २१ सेप्टेम्बरमा सनराइजर्स हैदरावाद र रोयल्स च्यालेन्जर्स बैङलोर तथा २२ तारिकमा सारहजाहमा राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स भिड्नेछन्।

आईपीएलको फाइनल खेल १० नोभेम्बरमा हुनेछ। १९ सेप्टेम्बरबाट ५३ दिन चल्ने लिग युएईका ३ शहरमा हुनेछ। लिगका धेरै खेल दुबईमा हुनेछ। दुबईमा २४, आबुधाबीमा २० र शारजाहमा १२ खेल हुनेछ।

आईपीएलको प्लेअफ र फाइनल खेलका लागि स्थानको टुंगो पछि लगाइने बीसीसीआईले जनाएको छ। आईपीएलका लागि हाल खेलाडीहरु युएईमा प्रशिक्षण गरिरहेका छन्।

कोरोना महामारीका कारण यो पटकको आईपीएल भारत बाहिर हुन लागेको हो। आईपीएल तेस्रो पटक विदेशीभूमिमा हुन लागेको हो।

यस्ताे छ खेल तालिका

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad