ad ad

खेल


क्यानले प्रशिक्षक, जीएमका लागि गर्यो खुल्ला आवेदन आह्वान, योग्यता के चाहिन्छ?

क्यानले प्रशिक्षक, जीएमका लागि गर्यो खुल्ला आवेदन आह्वान, योग्यता के चाहिन्छ?

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ३:३,

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक र जनरल म्यानेजर(जिएम)सहित विभिन्न पदमा खुल्ला आवेदन आह्वान गरेको छ।

क्यानले बिहीबार उक्त दुई पदबाहेक वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि खुल्ला दरखास्त आह्वान गरेको हो।

क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र सबै प्रदेशमा एक एक गरी ७ जना प्रदेश प्रशिक्षकका लागि खुल्ला आह्वान गरेको हो।

योग्य उम्मेदवारले निवेदन, व्यक्तिगत विवरण तथा पदमा आवेदन गर्नुको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र पत्राचार गर्न क्यानले आह्वान गरेको छ।

असार अन्तिम साता बसेको क्यानको बैठकले रिक्त रहेका यी पदमा आवेदन खोल्ने निर्णय गरेको थियो।

विस्तृतमा हेर्नुहोस:

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .