ad ad

खेल


फेरी हार्यो जमैका, सन्दीपले लिए विकेट

फेरी हार्यो जमैका, सन्दीपले लिए विकेट

नेपालखबर
भदौ १७, २०७७ बुधबार २:६,

नेपाली क्रिकेटर सन्दीप लामिछानेको टोली जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा फेरी पराजय भोगेको छ।

जमैकाले मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ हार ब्यहोरेको हो। सीपीएलमा सात खेल खेल्दा जमैकाको यो चौथो हार हो। यो हारसँगै टोली चौथो स्थानमा छ।

नाइट राइडर्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनमा समेटिएको थियो।

खेलमा सन्दीपले १ विकेट लिए। उनले नाइट राइडर्सका ओपनर लेन्डल सिमन्सलाई पवेलियन फर्काएका थिए। सन्दीपले ४ ओभरमा २० रनमात्रै खर्चे।

सन्दीपले जमैकाको सातवटै खेलमा विकेट हात पारेका छन। उनले यो खेलसँगै प्रतियोगितामा दश विकेट लिइसकेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .