ad ad

ग्लोबल


यी नेपालीको नाममा बेलायतको रेल सेवाको नामकरण गरिँदै

यी नेपालीको नाममा बेलायतको रेल सेवाको नामकरण गरिँदै

प्रजय शुक्ल
भदौ १७, २०७७ बुधबार १:४२,

बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गर्ने भएको छ।

बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सञ्चालन गर्ने सो रेलवेले विभिन्न सहर जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने घोषणा गरेको हो।

tulbahadur

दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेस्टर्न रेलवेले बताएको छ।

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा भिसी पुन २१ वर्षका मात्र थिए।

सन् १९४४ मा दोस्रो विश्वयुद्धअन्तर्गत बर्माको एक रेलवे पुलमा भएको युद्धमा बहादुरी र साहस प्रदर्शन गरेबापत उनलाई सो पदकले सम्मान गरिएको थियो।

भिक्टोरिया क्रस विजेता पुनको मृत्यु ९ वर्षअघि ८८ वर्षको उमेरमा नेपालको म्याग्दीस्थित आफ्नै पुर्ख्याैली घरमा भएको थियो।

बेलायतमा हालसम्म १३ गोरखा सैनिकले भिक्टोरिया क्रस पाएका छन्।

ग्रेट वेस्टर्न रेलवेका बाह्य सञ्चार प्रमुख डान पान्सले भने, ‘यस वर्ष दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेष रूपमा मनाउँदै छौं र विशेष नामकरण गर्दै छौं।’

उनले थपे, भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामी ज्यादै खुसी छौं।’

गोरखा सैनिकले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सातवटा भिक्टोरिया क्रस पाएको कुरा गोरखा वेलफेयर ट्रस्टका आडम बेन्थामले बताए। तीमध्ये भिसी तुलबहादुर पुन एक हुन्।

गोरखा वेलफेयर ट्रस्टका संरक्षक जोअना लुम्लेले भिसी लछिमन गुरुङ र तुलबहादुर पुन, जसले बर्मामा उनका बुबासँगै लडेका थिए, उनीहरूसँगको भेट कहिल्यै नबिर्सने बताइन्।

उनले भनिन्, ‘स्वतन्त्रता रक्षाका लागि नियमित ड्युटीभन्दा माथि उठेर लड्ने गोरखाहरूले हामीलाई ठूलो ऋण लगाएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .