ad ad

खेल


यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि सातौंपटक पनि फ्रान्सेली क्लब लियोनको पोल्टामा

यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि सातौंपटक पनि  फ्रान्सेली क्लब लियोनको पोल्टामा

नेपालखबर
भदौ १५, २०७७ सोमबार ५:११,

यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि फ्रान्सेली क्लब लियोनले जितेको छ।

आइतबार राति भएको खेलमा जर्मन क्लब वल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दै लियोनल सातौंपटक उपाधि हात पारेको हो।

लियोनले २०१६ यता लगातार उपाधि जितिरहेको छ। लियोनले यसअघि सन् २०११ र २०१२ मा पनि जितेको थियो।

खेलको २५औं मिनेटमा इउजिनले सोम्मरको गोलमा लियोनले अग्रता लिएको थियो। पहिलो हाफको ४४औं मिनेटमा साकी कुमागाइले गोल गर्दै त्यसलाई दोब्बर पारिन्।

पहिलो हाफमा २–० को अग्रता बनाएको लियोनले दोस्रो हाफमा १ गोल थप्यो। दोस्रो हाफमा वल्फ्सबर्गका एलेक्जेन्डर पपले एक गोल फर्काइन्।

खेलको ८७औं मिनेटमा सारा जर्क गुनासडटिरले गोल गर्दै खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .