ad ad

खेल


क्लब प्रमुखबाट राजीनामा दिँदा मेस्सी बार्सामै रहन्छन् भने म तयार छुः बार्टाेमेउ

क्लब प्रमुखबाट राजीनामा दिँदा मेस्सी बार्सामै रहन्छन् भने म तयार छुः बार्टाेमेउ

नेपालखबर
भदौ १३, २०७७ शनिबार ७:५९,

तर मेस्सीले सार्वजनिक रुपमै यस्तो बताए मात्र आफूले राजीनामा दिने बार्टोमेउको सर्त रहेको छ।

मेस्सीले गतहप्ता बार्सिलोना छाड्ने घोषणा गरेपछि यतिबेला क्लब प्रमुख बार्टोमेउको चौतर्फी विरोध भइरहेको छ।

बार्टोमेउले भनेकै जस्तो मेस्सीले चाहे बार्साले बार्टोमेउलाई हटाउनसक्ने पनि अनुमान गरिएको छ। यद्यपी मेस्सीले आफूले कुनै हालतमा पनि क्लब छाड्ने मनसाय बनाएका छन्।

च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेपछि मेस्सी निकै निराश छन्। साथै उनी क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग पनि असन्तुष्ट रहेको बताइन्छ।

यसबीचमा क्लबले मेस्सीका मिल्ने सहपाठी लुइस स्वारेजलाई क्लबबाट हटाउने प्रयास गरेपछि मेस्सी झनै रिसाएको बुझिएको छ।

यसबीचमा मेस्सीले बार्सा नै छाड्ने घोषणा गरेका हुन्। उनी गत वर्षदेखि नै क्लबसँग असन्तुष्ट भएका थिए।

मेस्सीको उद्देश्य पीएसजीबाट नेमार जुनिएरलाई फर्काउने थियो। तर मेस्सीको आग्रह क्लबले मानेको थिएन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .