प्रशिक्षक योर्गन क्लोपले बार्सिलोनाका कप्तान लियोनल मेस्सी लिभरपुलसँग अनुबन्ध हुने चान्स नरहेको बताएका छन।
क्लोपले मेस्सी प्रिमियर लिग टोलीसँग आवद्ध हुने समाचार राम्रो भएपनि लिभरपुलमा आवद्ध हुने सम्भावना नरहेको बताएका हुन।
मंगलबार बार्सिलोना छाड्ने इच्छा व्यक्त गरेर क्लबलाई पत्र पठाएसँगै मेस्सी कहाँ जालान भन्ने चासो सर्वत्र छ।
मेस्सीलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छाबारे सोधिएको प्रश्नमा क्लोपले भने, 'मेस्सीलाई आफ्नो टिममा कसले चाहादैँन र? तर हामीलाई नम्बर भन्दा पनि राम्रो खेलाडी चाहिएको छ।'
लिभरपुलको प्रिमियर लिग चिरप्रतिद्वन्द्वी सिटीसँग मेस्सी आवद्ध हुन लागेको चर्चा पनि चलेको छ। तर मेस्सीले हालसम्म अन्य देशका लिगमा नखेलेकाले सिटीसँग अनुबन्ध भए प्रिमियर लिगमा कस्तो खेल्छन्? हेर्न लायक हुने क्लोपले बताए।
लिभरपुलले प्रि सिजन अन्तर्गत तयारीका लागि शनिबार एफए कपकाे विजेता आर्सनलसँग खेल्दैछ।
यो पनि: बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण
यो पनि: सजिलो छैन मेस्सीलाई बार्सिलोनाबाट उम्कन, यस्तो छ कानुनी झमेला

प्रतिक्रिया