ad ad

खेल


आईपीएल : सन्दीपकाे टाेलीमा साम्स पनि

आईपीएल : सन्दीपकाे टाेलीमा साम्स पनि

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ५:१०,

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले बायाँहाते तीव्र गतिका अस्ट्रेलियाली बलर ड्यानियल साम्सलाई टोलीमा समावेश गरेको छ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा साम्सलाई टोलीमा भित्र्याएको हो।

यसै साता ओल्ड ट्राफर्डमा अभ्यासका क्रममा रोयको बायाँ मांसपेशीमा समस्या देखिएपछि उनले शुक्रबार सुरु हुने पाकिस्तानविरुद्धको तीन टि गुमाउने छन्।

स्याम्सले २०१९–२० को बिग बासको १७ खेलमा ३० विकेट झार्दै शानदार प्रदर्शन गरेका थिए। स्याम्सलाई दिल्लीमा समावेश गरेपछि टोलीमा विविधता पनि हुनेछ।

किनकि दिल्लीको मुख्य टिममा दायाँहाते बलर समावेश छन्।

दिल्लीमा समावेश भएपछि स्याम्सले भने, ‘आईपीएल कुनै पनि क्रिकेटरका लागि ठूलो प्रतियोगिता हो। अस्ट्रेलियामा हुँदा हामीले खेल मात्र हेरिहेका हुन्थ्यांै, तर योपटक आफू पनि सहभागी हुन पाउँदा निकै भाग्यमानी ठानेको छु। यूएईमा टोलीका अन्य खेलाडीसँग भेट्न निकै उत्साहित पनि छु।’

साथै उनले आफूलाइ टोलीमा अनुबन्ध गरेकामा दिल्लीप्रति आभार पनि व्यक्त गरेका छन्। दिल्लीमा अस्ट्रेलियाका मार्कस स्ट्यानिस र एलेक्स कैरी पनि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .